जेन्जी आन्दोलनका क्रममा गत भदौ २४ गते तुलसीपुर कारागार भित्र तोडफोड गरी भागेका एक जना कैदी बन्दी पक्राउ परेका छन्।
घोराही उपमहानगरपालिका–१३ बनगाउँका ३३ वर्षीय गोरे भनिने गोविन्द विकलाई जिल्ला अदालतले २०७८ जेठ २८ गते २५ वर्ष कैदको फैसला सुनाएको थियो।
एक नाबालिका माथि बलात्कारमा मुद्दामा विकलाई दोषी ठहर गर्दै अदालतले २५ वर्ष कैदको फैसला सुनाएको थियो।
पक्राउ पछि सोही कैद भुक्तानका लागि कारागार चलान गरिएका विक गत भदौ २४ गते कारागार कार्यालय तुलसीपुर भित्र तोडफोड गरी फरार भएका थिए।
खोजतलास गर्ने क्रममा उनलाई प्रहरीले शनिबार राति साढे ९ बजेतिर घोराही– १३ बनगाउँमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको डिएसपी हेमबहादुर केसीले बताए।
केसीका अनुसार सोमबार मात्रै विकलाई अदालतमा पेस गरिने छ।