कान्तिपुर पब्लिकेशन मिडिया अफिस अगाडि पार्किङ गरिएको शंकास्पद गाडी क्रेन ल्याएर उठाइएको छ।
कान्तिपुर अगाडिको गाडी क्रेन लगाएर उठाइएको हो।
कान्तिपुर पब्लिकेशन, अनलाइन खबर लगायत मिडिया अफिस अगाडि शंकास्पद गाडी पार्किङ गरिएको थियो।
प्रवेशद्वारमा अवरोध पुग्ने गरी बिहान साढे ७ आसपास दुबै मिडिया हाउसको गेटमा गाडी पार्किङ गरिएको थियो।
कान्तिपुरको तीनकुनेस्थित कार्यालयको गेटमा पार्क गरिएको गाडीका कारण पत्रकारहरूलाई सवारी सहित आवतजावत गर्न बाधा पुगेको थियो।
अनलाइनखबरको नयाँ बानेश्वरस्थित अफिसको गेट अगाडि पनि गाडी रोकिएको छ। झन्डै गेटको आधा भागसम्म गाडीले ढाकेको छ।
त्यसैगरी अनलाइनखबरद्वारा सञ्चालित मध्यबानेश्वरमा रहेको हिमालय टेलिभिजनको गेट अगाडि पनि गाडी रोकिएको छ।
गाडी कसले, किन र कुन उद्देश्यले विभिन्न स्थानमा लगेर छाडेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
हालसम्म गाडीधनीको पहिचान हुन नसकेकाले सम्बन्धित व्यक्तिको खोजी कार्य जारी रहेको छ।
घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
तस्बिरहरू:
-1783927192.jpg)
-1783927193.jpg)
-1783927193.jpg)
-1783927192.jpg)
-1783927192.jpg)
-1783927192.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी