सडकमा छाडा छोडिएका ३२० चौपायाको व्यवस्थापन गरिएको छ।
पोखरा महानगरपालिकाले बेवारिसेपूर्वक स्वतन्त्र छोडिएका जनावरको उचित संरक्षण गरेको हो।
सडक दुर्घटना हुनबाट जोगाउन जनावरलाई ‘पुष्करणी परोपकार गोकुलधाम’ (गौशाला) मार्फत हेरचाह गरिएको छ। प्राप्त दूध र कम्पोष्ट मल बिक्री गरी गोलधामले रचनात्मक काम सुरु गरेको छ।
महानगरको जनावर उद्धार वाहनमार्फत चौपायालाई पोखरा–१४ बाच्छिवुडुवामा पुर्याइएको नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाले जानकारी दिए।
'सडकमा बेवारिसे भेटिएका चौपायालाई उद्धार गरी गौशालासम्म पुर्याइएको गरेका छौं,' उनले भने।
गाईगोरुको संरक्षण भएसँगै उक्त ठाउँ गोकुलधामका रुपमा चिनिन थालेको छ।
गौशलामा गाई, गोरु र बाच्छाबाच्छी गरी ३२० भन्दा बढी चौपाया छन्। गौशला सञ्चालनका लागि महानगरले बर्सेनि आर्थिक सहयोग दिँदै आएको छ।