अभियानी वेदिका केसी शुक्रबार पनि साइबर ब्युरोमा उपस्थित हुने भएकी छन्।
चरित्र हत्या गरेको आरोपमा ब्युरोले बिहीबार केसीलाई जोरपाटीबाट पक्राउ गरेको थियो।
विहीबार नै उनलाई सरकारी वकिलको लिखित सहमतिमा छाडिएको थियो।
शुक्रबार नै हाजिर हुनेगरी छाडिएको कारण आज उनी पुनः हाजीर हुने ब्युरोका प्रवक्ता एसपी दिलिप गिरीले जानकारी दिए।
'फेरि उपस्थित हुने गरी हिजो साँझ छाडेको हो। उहाँ आज फेरि आउँदै हुनुहुन्छ,' एसपी गिरीले भने।
सामाजिक सञ्जालमा एक महिलाको चरित्र हत्या गरेको जाहेरी परेपछि अनुसन्धानका लागि उनलाई बिहीबार पक्राउ गरिएको थियो।
वेदिकाले धर्म, आस्था र परम्पराका गलत तथ्य वा विषयका सम्बन्धमा बहस चलाउँदै आएकी थिइन्।