डा. गोविन्द केसी अनशन बसेका छन्।
आफूले उठाएका माग सरकारले पूरा नगरेको भन्दै केसी बिहीबारदेखि अनशन बसेका हुन्।
डा. केसी बिहीबार अपराह्नदेखि धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा अनशन बसेका हुन्।
आफूले उठाएका माग पूरा गर्न दबाब दिने उद्देश्यले उनी अनशन बसेका छन्।
उनले ५ बुँदे माग अघि सार्दै साउन ५ भित्र पूरा गर्न सरकारलाई अल्टिमेटम दिएका थिए।
चिकित्सा शिक्षा आयोग, दशरथ चन्द विश्वविद्यालय लगायतका नियुक्तिमा हुने राजनीतिक हस्तक्षेप बन्द हुनुपर्ने उनको माग छ।
उनले मापदण्ड नै नपुगेका निजी मेडिकल कलेजमा सिट संख्या वृद्धि गर्ने प्रस्ताव अघि नबढाउन पनि माग गरेका छन्। चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउनुपर्ने माग पनि उनको छ।
साथै चिकित्सा शिक्षा आयोगमार्फत् विद्यार्थीको छात्रवृत्ति कटौती नगर्न उनले भनेका छन्। विगतमा आफू अनशन बस्दा सरकारले गरेका सहमति कार्यान्वयन गर्न पनि उनले माग गरेका छन्।