काठमाडौंबाट लेखा अधिकृत २१ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका-३० का लेखा अधिकृत उद्वब भट्टराईलाई पक्राउ गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
उनकाअनुसार स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दु:ख हैरानी दिएर सेवाग्राहीसँग घुस मागेको आरोप छ।
घुस मागेको सूचना पछि खटिएको टोलीले उनलाई सेवाग्राहीबाट २१ हजार लिइसकेको अवस्थामा पक्राउ गरेको हो।
उनीमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको छ।