काठमाडौंको तारकेश्वर नगरपालिकामा एक जना महिलाको शव कारभित्र फेला परेको छ।
शनिबार दिउँसो १ बजे तारकेश्वर नगरपालिका-१ झोरमा एक जना महिलाको शव कारभित्र जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले जानकारी दिए।
उनका अनुसार मृतक नुवाकोट घर भई काठमाडौंको नेपालटार बस्ने रश्मी रिजाल छन्।
उनी बिएइ ०४२१० नम्बरको कारभित्र जलेको अवस्थामा फेला परेकी हुन्।
एसएसपी घिमिरेका अनुसार उनी शुक्रबारदेखि सम्पर्कबिहीन थिइन्।
शवको पोष्टमर्टमको लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।