मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरूष मृत फेला परेका छन्।
प्रहरीकाअनुसार घटनास्थल वरपर रगत देखिएपछि अनुसन्धानलाई तीव्र बनाउन प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरिएको छ।
अनुसन्धानका क्रममा मृतक मकवानपुरको साविक चित्लाङ गाविस–६, हाल थाहा नगरपालिका–१० का ४१ वर्षीय आश्मान गोपाली रहेको खुलेको छ। उनी रामबहादुर गोपालीका छोरा हुन्।
घटनाबारे मृतकका परिवारलाई जानकारी गराइसकिएको प्रहरीले जनाएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको मकवानपुर प्रहरीले जनाएको छ। –न्युज एजेन्सी नेपाल