एपिएफ स्कुल कीर्तिपुरमा रकम हिनामिना गरेको घटनामा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले अनुसन्धान अघि बढाएको छ।
कीर्तिपुर स्कुलकी लेखा अधिकृत सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरूङ र एमडी एड्भेन्चर टुर्स एन्ड ट्राभल्सका संचालक लीलाबहादुर लामामाथि अख्तियारले अनुसन्धान थालेको हो।
उनीहरू दुवै जनाले आर्थिक रूपमा हिनामिना गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंले असार २० गते हिरासतमा लिएर अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानको क्रममा उनीहरूले भ्रष्टाचार गरेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले साउन ७ गते र परिसरले साउन ८ गते अख्तियारलाई पत्राचार गरेको थियो।
त्यही सिलसलामा प्रहरीले उनलाई आइतबारदेखि म्याद थप गरी अनुसन्धान अघि बढाएको हो।
विशेष अदालतबाट १० दिन हिरासतमा राख्न अनुमति प्राप्त भएको हो।