सिरहाको गोलबजारमा रहेको एबी मलमा प्रदर्शनकारीले आगजनी गरेका छन्।
आज गोलबजारमा रहेको एबी मलमा आगजनी भएको गोलबजार नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष धनप्रसाद लामाले जानकारी दिए।
‘प्रदर्शनको क्रममा अहिले एबीमा आगजनी गरेका छन्,’ उनले भने।
यसअघि प्रदर्शनको क्रममा गोली लागेर करिब १९ वर्षीय गणेश यादवको मृत्यु भएको थियो।