सामाजिक सद्धावमा खलल पुर्याएको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीले ८ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सिरहाबाट ५ जना र धनुषाबाट ३ जनालाई पक्राउ गरेको हो।
पछिल्लो समय सुनसरी, सिरहा, धनुषा लगायत जिल्लामा विभिन्न प्रदर्शन भइरहेका छन्। यसबीच प्रहरीले सद्भावमा खलल पुर्याउन खोज्नेलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले यी जिल्लामा चार जना एआइजी, दुई डिआइजी र ९ जना एसएसपीलाई खटाएको छ।