रसुवाको धुन्चेमा स्थानीयहरूले ६ दिनपछि मोबाइल चार्ज गरेका छन्।
भदौ १० को भोटेकोशी बाढीले यहाँ बिजुली अवरूद्ध भएपछि सञ्चार सम्पर्क टुटेको थियो।
नेपाल रेडक्रस सोसाइटी रसुवा शाखा र तिलगंगा आँखा केन्द्रको संयुक्त पहलमा निःशुल्क रुपमा मोबाइल चार्ज गर्ने व्यवस्था मिलाइएको हो।