सर्वोच्च अदालतको नयाँ भवनमा रहेको अभिलेख शाखामा गए राति आगलागी भएको छ।
अभिलेख शाखामा गए राति १२ बजेतिर आगलागी भएको थियो।
केही कागजपत्र जलेको छ।
के के कागजपत्र जल्यो भन्ने बुझ्ने काम भइरहेको छ।
सर्वोच्चका प्रवक्ता सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले बिजुली सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान रहेको बताए।
‘बिजुली सर्ट भएर आगलागी भएको अनुमान छ, के के जल्यो हेर्दैछौं,’ उनले भने।