भदौ १० को बाढीले धादिङ सदरमुकाम धादिङबेसी र पृथ्वी राजमार्ग जोड्ने फुर्के खोलाको पुल बगाएको थियो।
त्यसपछि दसैंको समयमा सदरमुकाम र आसपास जाने यात्रुहरू त्रिशूली नदीमाथिको झोलुंगे पुलबाट आवतजावत गरिरहेका छन्।
यो पुल बेनिघाट रोराङ गाउँपालिका–३ स्थित राजमार्ग हस्पिटल छेउमा छ।
दसैं सकिएर काठमाडौं फर्किने मोटरसाइकल यात्रुला यो पुलबाट आवतजावत गर्न दिइएको हो।
शनिबार पुल तर्न मोटरसाइकलहरूको लाम लागेको छ। साँघुरो झोलुंगे पुल पालैपालो तर्नुपर्ने भएकाले मोटरसाइकल र पैदलयात्रुहरूको लाइन लागेको हो।
पुल तरेपछि करिब एक किलोमिटर कच्ची बाटो हिँड्नुपर्छ। त्यसपछि फुर्के खोला–धादिङबेसी जोड्ने कालु पाण्डे राजमार्गको परेवाटार पुगिन्छ।
हेर्नुहोस् शनिबारको दृश्यः








