हेटौंडाबाट भिमफेदी-कुलेखानी हुँदै काठमाडौं आउँदै गरेको मिनी ट्रक दुर्घटना भएको छ।
बिहीबार बिहान ६ बजे मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ बतासे डाँडामा प्र.०३-०१-००३ नम्बरको खाद्यान्न बोकेको ट्रक दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ट्रक सडकबाट अन्दाजी सय मिटर तल खसेको थियो।
ट्रक चालक धादिङको बेनीघाट रोराङ गाउँपालिका-२ का २६ वर्षीय पुष्पराज भुजेल घाइते भएका छन्। उनको निधार, दाहिने हात र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
ट्रकका सहचालक बेनीघाट रोराङकै २१ वर्षीय रमेश विक भने घटनास्थलमा फेला नपरेको प्रहरीले जनाएको छ।
दुर्घटनाअघि ट्रकमा उनी चालकसँगै रहेको बुझिएकाले उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।