तीन सय जना फसेको आशंका गरिएको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा एउटा शव फेला परेको नेपाली सेनाले जनाएको छ।
१८ गते दिनभरको काम सार्वजनिक गर्दै सेनाले सुरूङको बन्द भाग र एउटा शव फेला परेको जनाएको हो।
माथिल्लो त्रिशुली-१ मा आयोजनाका ३ जना इन्जिनियरसहित एक्सेस टनेल-१ बाट रबर बोट लिई डिसेन्डर बेसिन एक्सेस क्षेत्रको करिब २०० मिटर गएपछि सुरूङको बन्द भाग फेला परेको र त्यहाँ शव पनि फेला परेको सेनाले जनाएको छ।
अडिट टनेल ३ मा १.८ किमी अपस्ट्रिमसम्म खोजी कार्य गरिएको उल्लेख छ।