काभ्रेको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले बाढी प्रभावितका लागि २० लाख रूपैयाँ सहयोग गरेका छन्।
व्यक्तिगत तवरबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रूपैयाँ जम्मा गरेको उनले बताएका छन्।
उनले दुई पटक गरी १० वर्षको कार्यकालको सम्पूर्ण तलब जनताको सेवामा समर्पित गर्ने वाचा गरेको बताए।
'आज २० लाख रूपैयाँ तत्काल बाढीपहिरो प्रभावित क्षेत्र र परिवारहरूको राहतका लागि समर्पण गर्दैछु। मेरो बाँकी तलब पनि छिट्टै यही सेवामा लगाउनेछु,' उनले सामाजिक सञ्जालमा लेखेका छन्।