त्रिशूली-३ 'ए' जलविद्युत आयोजनाको सुरूङबाट २ जनालाई जीवितै उद्धार गरिएको छ।
भदौ १० गते तिब्बत हुँदै आएको भीषण बाढीपछि सुरूङमा फसेका २ जनालाई ९ दिनपछि जीवितै उद्धार गरिएको हो।
सुरूङमा फसेकाहरूको खोजी तथा उद्धारमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवम् ईन्जिनियर श्रीराम न्यौपानेका अनुसार शुक्रबार बिहान ९:२० बजेसम्म २ जनालाई सुरूङबाट जीवित उद्धार गरिएको हो।
उद्धार गरिएकाहरूमा सञ्जय शाह र कविर महर्जन छन्।
उनीहरूलाई सेनाले घटनास्थलमै प्राथमिक उपचार प्रदान गरिरहेका छन्।
त्यसपछि सेनाले हेलिकप्टरबाट उनीहरूलाई काठमाडौं ल्याउने तयारी गरेको छ।
सुरूङमा फसेका अन्यको पनि खोजी भइरहेको छ।