काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत अगाडि निर्माणाधीन आकाशे पुल अन्तिम चरणमा पुगेको छ।
फलामे संरचना तयार भइसकेको पुललाई सडकमा जडान गर्न आवश्यक तयारी भइरहेको छ।
अब केही साताभित्रै आकाशे पुल सडकमा जडान गरी सञ्चालनमा ल्याउने निर्माण पक्षले जनाएको छ। पुल सञ्चालनमा आएपछि बबरमहल क्षेत्रमा सडक पार गर्ने पैदलयात्रीलाई सहज हुनेछ।
हाल पैदलयात्रीले सडक पार गर्न ट्राफिक बत्तीमा हरियो संकेतको प्रतीक्षा गर्नुपर्ने अवस्था छ। आकाशे पुल सञ्चालनमा आएपछि पैदलयात्रीले सवारीसाधनको आवागमनबीच सडक पार गर्नुपर्ने बाध्यता हट्नेछ।
जिल्ला अदालत, बबरमहल र आसपासका क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारणलाई यसबाट थप सुविधा पुग्ने छ।











