काठमाडौंको कीर्तिपुरस्थित चोभारको गल्छीमा बागमती नदीको बहाब बढेको छ।
लगातारको वर्षाका कारण शुक्रबार चोभारमा बागमतीको जलसतह बढेको हो।
काठमाडौंमा बुधबार बेलुकीदेखि वर्षा भइरहेको छ।
पछिल्लो १२ घन्टामा ललितपुरको गोदावरीमा ५५.८ मिलिमिटर, खोकनामा ५२.४ मिलिमिटर, काठमाडौंको नैकापमा ५८.६ मिलिमिटर, थानकोट ४९.२ मिलिमिटर, बूढानीलकण्ठ ५१ मिलिमिटर, नागार्जुनमा ५४.८ मिलिमिटर, सुन्दरीजलमा ५०.४ मिलिमिटर वर्षा मापन भएको छ।
वर्षाका कारण काठमाडौंका नदी तथा खोलाहरूमा पानीको सतह बढेको हो।
तस्बिरहरू:
-1790328446.jpeg)
-1790328446.jpeg)
-1790328446.jpeg)
-1790328446.jpeg)
-1790328445.jpeg)
-1790328445.jpeg)