निरन्तरको वर्षापछि पहिरो झर्दा पाल्पामा दुइ घर पुरिएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा परी एकजना बेपत्ता छन्।
प्रहरीका अनुसार शुक्रबार दिउँसो पौने ३ बजेतिर रिब्दीकोट गाउँपालिका वडा नम्बर ६ धुस्तुङमा पहिरो जाँदा दुइ घर पुरिएका हुन्।
स्थानीय केसुराम सारु मगर र राम बहादुर उचईको ढुङ्गा माटो र जस्ताले बनेको ३ तले दुइ वटा घर पहिरोले पुरिएका हुन् ।
पहिरोले घर पुर्दा केसुरामको श्रीमती ५९ वर्षीय कृष्ण कुमारी सारु पहिरोमा परी बेपत्ता भएको प्रहरीले जनाएको छ।
सात गतेदेखि निरन्तर पानी परिरहेको र घर माथि मोटरबाटोबाट ढुङ्गा माटो सहितको लेदो बगीरहेको कारण तत्काल उद्दार गर्न कठिनाई भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराइले जानकारी दिए।
बेपत्ता कृष्ण कुमारीको उद्धारको लागी स्थानिय तथा सम्बन्धित निकायहरुसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।