त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक सुनसहित पक्राउ परेका छन्।
मुम्बईबाट इन्डियो एयरमार्फत काठमाडौं आएका भारतीय नागरिक अस्लम शोकटलाई पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय सुरक्षा प्रहरी कार्यालयका एसपी राजकुमार सिलवालले जानकारी दिए।
अस्लमलाई प्रहरीले आइतबार दिउँसो पौने ३ बजेतिर पक्राउ गरेको हो। उनले अन्डरवेयरमा प्लास्टिकले बेरेर ४२२.५ ग्राम सुन लुकाएर ल्याएका थिए।
पछिल्लो समय सुनलाई अर्थठोस बनाएर तस्करी गर्ने गरेको एसपी सिलवालले बताए।
अस्लममाथि थप अनुसन्धानका लागि भन्सार कार्यालय गौचरमा पठाएको छ।