निरन्तरको वर्षाका कारण विभिन्न राजमार्गमा पहिरो गएपछि सडक अवरूद्ध हुँदा पाँच दिनदेखि काठमाडौंमा रोकिएका ट्रक तथा ठूला बसहरू आजदेखि गन्तव्यतर्फ जान थालेका छन्।
राजमार्गमा पहिरोका कारण यातायात सेवा प्रभावित भएपछि काठमाडौं भित्रिएका तथा बाहिरिने क्रममा रहेका धेरै ट्रक र बस रोकिएका थिए।
सडक सञ्चालनमा आएपछि ती सवारी साधनलाई क्रमशः गन्तव्यतर्फ पठाउन थालिएको हो।
लामो समयदेखि रोकिएका सवारी साधन एकैपटक ठूलो संख्यामा छुट्न थालेपछि काठमाडौंको कलंकी लगायत विभिन्न स्थानमा सवारी चाप बढेको छ।
सवारी साधनको संख्या धेरै भएकाले केही स्थानमा जामसमेत भएको छ।
राजमार्गमा अझै पनि वर्षाका कारण पहिरो जाने तथा सडक अवरूद्ध हुने जोखिम रहेकाले यात्रामा सावधानी अपनाउनुपर्ने अवस्था छ।
तस्बिरहरू: -1790664933.jpg)
-1790664935.jpg)
-1790664933.jpg)
-1790664934.jpg)
-1790664935.jpg)
-1790664935.jpg)
-1790664933.jpg)