प्यूठानमा पानीमा डुबेर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको मण्डवी गाउँपालिका – १ दमारेमा माण्डवी –४ बुटेनीकी ५६ की लोकीदेवी सुनारको कुलोमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
उनको शव घरदेखि करिब ६०० मिटर दक्षिणको अरूण खोलादेखि पिप्लीखेत जाने कुलोमा डुबेको अवस्थामा मंगलबार दिउँसो फेला परेको थियो।
उनका श्रीमान जगबहादुर सुनार रोजगारीको सिलसिलामा भारतमा रहेको पनि प्रहरीले जनाएको छ।
उनी घरमा छोरा बुहारीको साथमा बस्दै आएकी थिइन्।
प्रहरी चौकी तिरामबाट प्रहरी सहायक निरीक्षक फत्तेसिंह थारूको कमाण्डमा पुगेको टोलीले शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल पुर्याएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।