काठमाडौंमा एक जना न्यायाधीशका अंगरक्षक (पिएसओ) ले आफैमाथि गोली प्रहार गरेका छन्।
बिहीबार साँझ टोखा नगरपालिका-१ बस्ने प्रहरी हवल्दार डोलनाथ ढकालले आफैलाई गोली प्रहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए।
उनका अनुसार गोलीको आवाज सुनेपछि परिवार र प्रहरीले साँझ टिचिङ अस्पताल लगेको थियो। उनलाई अस्पतालले सवा ९ बजे मृत घोषणा गरेको थियो।
घटनाको कुनै कारण भने खुलिसकेको छैन। उनी उच्च अदालत पाटनका एक न्यायाधीशको अंगरक्षकको रूपमा कार्यरत थिए।