सुर्खेतमा कारागारभित्र पुर्पक्षमा पठाएको दुई दिनमै एक जना युवती मृत फेला परेकी छन्।
कर्तव्य ज्यान मुद्दामा कारागारमा सजाय भुक्तान गरिरहेकी १९ वर्षीया संगीता शाही शुक्रबार बिहान मृत फेला परेकी हुन्।
सुर्खेतका प्रवक्ता डिएसपी कविन्द्रसिंह बोहोराका अनुसार शाहीका अनुसार उनी दुई दिन पहिले मात्रै पुर्पक्षका लागि कारागारमा पठाइएकी थिइन्।
उनै शाही गएराति झुन्डिएको अवस्थामा फेला परेकी हुन्।
शाही घर दैलखको गुराँस गाउँपालिका–४ की हुन्।
डिएसपी बोहोराका अनुसार आफन्तहरू आइपुगेको हुँदा यतिखेर मुचुल्का तयार पार्ने कार्य भइरहेको छ।