राज्यका हरेक निर्णय र गतिविधिमा पारदर्शिता तथा जवाफदेहिता कायम हुनुपर्ने माग गर्दै जेनजीहरूले माइतीघर मण्डलामा प्रदर्शनी गरेका छन्।
शुक्रबार दिउँसो जेनजी समूह ‘द रेड च्याप्टर’ (The Red Chapter) ले माइतीघर मण्डलामा प्रदर्शनी गरेका हुन्।
यसमा द रेड च्याप्टर समूहकी अभियनी सरिष्मा थापा सहित अन्य जेनजी उपस्थित थिए।
उनीहरूले प्लाक कार्ड बोकेर प्रधानमन्त्रीका सल्लाकार कुमार बेनले प्रहरी हिरासतमा रहेको मोबाइल उनको घरमा कसरी पुग्यो भन्नेबारे जबाफ दिनुपर्ने माग राखेका छन्।
वर्तमान सरकारसँग जोडिएका विभिन्न घटनाक्रम, विशेषगरी इनाम सापकोटाको फोन कुमार बेनको घरमा कसरी पुग्यो भन्ने विषयमा सार्वजनिक रूपमा उठेका प्रश्नहरूको चित्तबुझ्दो जबाफ नआएको भन्दै प्रदर्शनी गर्नुपरेको सरिष्मा थापाले जानकारी दिइन्।
उनका अनुसार आफूहरूको आन्दोलन कुनै व्यक्ति विशेषको विरोधमा नभई सत्यतथ्य सार्वजनिक हुनुपर्ने, निष्पक्ष छानबिन गरिनुपर्ने र सम्बन्धित पक्षलाई जवाफदेही बनाउनु हो।
तस्बिरहरू:
-1795171560.jpg)
-1795171560.jpg)
-1795171560.jpg)
-1795171559.jpg)
-1795171558.jpg)
-1795171558.jpg)
-1795171559.jpg)
-1795171559.jpg)
-1795171560.jpg)
-1795171559.jpg)
-1795171559.jpg)