धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा बनाउन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले भ्रमण गरेका छन्।
खड्काले शुक्रबार निर्माणाधिन रंगशालाको अवलोकन गरेका हुन्।
खड्कासँगै एक्स्टर्ट एजुकेसन एन्ड भिजा सर्भिसका कन्ट्री हेड शरद पाठक, चितवन प्रमुख दिल्लीराम अधिकारी र पोखरा प्रिमियर लिगका कार्यकारी निर्देशक छुम्बी लामा पनि अवलोकनका लागि गएका थिए।
चितवनको भरतपुरमा निर्माणाधिन गत माधमा निर्माण सुरु भएको थियो। तर बीचमा अवरोध आउदा निर्माण रोकिएको थियो।
२० बिगाहा ८ कट्ठा जग्गामा निर्माण सुरु गरिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागत ३ अर्ब अनुमान गरिएको छ।
गत माघ १६ गते फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच सो रंगशाला २ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएको थियो।