इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० अन्तर्गत दिल्ली क्यापिटल्सको पहिलो खेलको प्लेइङ-११ मा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने पर्न असफल भएका थिए।
आइतबार किंग्स ११ पञ्जावविरुद्धको खेलमा दिल्लीको टिममा सन्दीप समावेश छैनन्।
दिल्लीको टिममा ओपनरमा पृथ्वी शा र शिखर धवन छन्।
यस्तै शिमरन हेटमेयर र कप्तान श्रेयस इयर मध्यक्रम ब्याट्सम्यानको रूपमा छन्। यसैगरी रिशव पन्त विकेटकिपर छन् भने मार्कोस स्टोइनिस र अक्षर पटेल अलराउन्डरमा छन्।
बलरमा रविचन्द्रन आस्विन, कागिसो रबाडा, एनरिच नोरट्जे र मोहित शर्मा छन्।
उपाधि जित्ने लक्ष्यमा रहेको दिल्ली टस हारेर पहिले ब्याटिङ गरिरहेको छ।
तेस्रो सिजन दिल्लीको टिममा रहेका सन्दीप क्यारेबियन प्रिमियर लिग खेलर उतैबाट आइपिएल खेल्न युएई पुगेका हुन्।