नेपाल क्रिकेट संघ (क्यान) नेपाल दृष्टिविहीन महिला क्रिकेट टोलीलाई सम्मान गरेको छ।
क्यानले टोलीलाई सम्मान गर्दा क्रिकेट एसोसिएसन अफ ब्लाइन्डलाई दश लाख नगद सहयोग गरेको छ।
सम्मान कार्यक्रम क्यानले कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना गरेको थियो।
भारत र श्रीलंकामा भएको पहिलो संस्करणको टी-२० दृष्टिविहीन महिला विश्वकपमा नेपाल उपविजेता बनेको थियो।
फाइनलमा भारतसँग पराजित हुँदा नेपाल उपाधि जित्न भने बञ्चित भएको थियो।