आइसिसी टी-२० विश्वकप २०२६ को खेल तालिका सार्वजनिक भएको छ। जसअनुसार नेपाल समूह ‘सी’ मा परेको छ। यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन्।
नेपालले पहिलो खेल इंग्ल्यान्डसँग फेब्रुअरी ८ मा (माघ २५) खेल्नेछ। अन्तिम खेल बंगलादेशसँग फेब्रुअरी १७ (फागुन ५) मा हुनेछ। नेपालका चारै खेलमा मुम्बईमा हुनेछन्।
नेपाल रहेको समूह सी
इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश, इटाली, नेपाल
नेपालको विश्वकपमा खेल
नेपाल भर्सेस इंग्ल्यान्ड, ८ फेब्रुअरी (माघ २५), दिउँस ३ बजे, मुम्बई
नेपाल भर्सेस इटाली, १२ फेब्रुअरी(माघ २९), दिउँस ३ बजे, मुम्बई
नेपाल भर्सेस वेस्ट इन्डिज, १५ फेब्रुअरी (फागुन ३), विहान ११ बजे, मुम्बई
नेपाल भर्सेस बंगलादेश, १ फेब्रुअरी (फागुन ५), राति ७ बजे, मुम्बई
भारत र श्रीलंमा विश्वकपमा सहआयोजक भारतले पहिलो खेलमा फेब्रुअरी ७ मा मुम्बईको ऐतिहासिक वानखेडे रंगशालामा अमेरिकाविरुद्ध खेल्नेछ।पहिलो दिन नै पूर्वविजेता पाकिस्तान र वेस्ट इन्डिज पनि मैदान उत्रनेछन्।
पाकिस्तान कोलम्बोको नेदरल्यान्ड्ससँग तथा वेस्ट इन्डिजले कोलकातामा बंगलादेशसँग खेल्नेछन्।
विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशाला अहमदावादको नरेन्द्र मोदी स्टेडियममा मार्च ८ मा फाइनल खेल हुने गरी तोकिएको छ। यो प्रतियोगिता भारत र श्रीलंकाका कुल ८ वटा उत्कृष्ट रंगशालामा आयोजना हुनेछ।
आयोजक रंगशाला
• एमए चिदम्बरम स्टेडियम (चेन्नई)
• अरुण जेटली स्टेडियम (नयाँ दिल्ली)
• वानखेडे स्टेडियम (मुम्बई)
• ईडेन गार्डेन्स (कोलकाता)
• आर प्रेमदासा स्टेडियम (कोलम्बो)
• सिंघलीज स्पोर्ट्स क्लब (कोलम्बो)
• पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला (क्यान्डी)
२० टोलीलाई ५–५ को चार समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन्।
समूह विभाजन
• समूह ए : भारत, अमेरिका, नामिबिया, नेदरल्यान्ड्स, पाकिस्तान
• समूह बी : अष्ट्रेलिया, श्रीलंका, जिम्बाब्वे, आयरल्यान्ड, ओमान
• समूह सी : इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश, इटाली, नेपाल
• समूह डी : दक्षिण अफ्रिका, न्यूजिल्यान्ड, अफगानिस्तान, क्यानाडा, यूएई
सह–आयोजक श्रीलंकासहित समूह बी का सबै खेल श्रीलंकाकै रंगशालामा मात्र हुनेछन्। पाकिस्तानका सबै खेल पनि श्रीलंकामै खेलाइनेछ। यदि पाकिस्तान सेमीफाइनलमा पुग्यो भने सेमीफाइनल–१ कोलकाताबाट कोलम्बोको आर प्रेमदासा रंगशालामा सारिनेछ।
यदि पाकिस्तान फाइनलमा पुग्यो भने फाइनल पनि अहमदावादबाट कोलम्बो सर्नेछ। यदि भारत र पाकिस्तान सेमीफाइनलमा भेटिएमा त्यो खेल कोलम्बोमा हुनेछ भने भारतले पाकिस्तानबाहेक अरूसँग सेमीफाइनल खेल्दा सेमीफाइनल–२ मुम्बईमा हुनेछ।
भारत र श्रीलंकाले दोस्रो पटक पुरुष टी–२० विश्वकपको संयुक्त आयोजना गर्दैछन्। श्रीलंकाले २०१२ र भारतले २०१६ मा आयोजना गरेका थिए, दुवै संस्करण वेस्ट इन्डिजले जितेको थियो। दुई पटकभन्दा बढी उपाधि जित्ने टोलीहरू भारत (२००७, २०२४) र इंग्ल्यान्ड (२०१०, २०२२) मात्र हुन्। पाकिस्तान (२००९), श्रीलंका (२०१४) र अष्ट्रेलिया (२०२१) एक–एक पटकका विजेता हुन्।

