दक्षिण अफ्रिका विरूद्धको दोस्रो ओडिआईमा भारत पराजित भएको छ।
बुधबार बेलुकी रायपुरको शाहिद वीर नारायण सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ४ विकेटले पराजित गरेको हो।
भारतले दिएको ३५९ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४९.२ ओभरमा ६ विकेटको गुमाएर पूरा गर्यो।
दक्षिण अफ्रिकाको जितमा ओपनर एडेन मारक्रमले शतक प्रहार गरे। उनले ९८ बलमा १० चौका र ४ छक्का प्रहार गरी ११० रन बनाए।
त्यस्तै म्याथ्यू ब्रीत्जकेले ६४ बलमा ५ चौका प्रहार गरी ६८ रन बनाए। डेवाल्ड ब्रेभिजले ३४ बलमा ५४ रन बनाउँदा १ चौका र ५ छक्का प्रहार गरेका थिए।
कप्तान टेम्बा बउमाले ४८ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४६ रन बनाए।
टोनी डि जोर्जी १७ रन बनाएर रिटायर्ड हर्ट भए।
कोर्बिन बोस १५ रनमा ४ चौका प्रहार गर्दै २९ रन बनाएर नट आउट रहे।
बलिङतर्फ भारतका प्रसिद कृष्ण र अर्शदीप सिंहले २/२ तथा हर्षित राना र कुलदीप यादवले १/१ विकेट लिए।
पहिले ब्याटिङ गरेको भारतले ५ विकेट गुमाएर ३५८ रन बनाएको थियो।
त्यस क्रममा भारतका दुई ब्याटरहरू विराट कोहली र रूतुराज गायकवाडले शतक प्रहार गरे।
कोहलीले ९३ बलमा ७ चौका र २ छक्का प्रहार गरी १०२ रन बनाएका थिए।
गायकवाडले ८३ बलमा १०५ रन बनाउँदा १२ चौका र २ छक्का प्रहार गरे।
कप्तान केएल राहुल ४३ बलमा ६ चौका र २ छक्का प्रहार गरी ६६ रन बनाएर नट आउट रहे।
ओपनर यशश्वी जैसवालले २२ र रोहित शर्माले १४ रन बनाए।
रविन्द्र जडेजा २७ बलमा २ चौका प्रहार गरी २४ रन बनाएर नट आउट रहे।
बलिङतर्फ दक्षिण अफ्रिकाका मार्को जनसेनले २ तथा नन्द्रे बर्गर र लुंगी एनगिडी १/१ विकेट लिए।
योसँगै भारत र दक्षिण अफ्रिकाबीचको सिरिज १-१को बराबरी भएको छ।
अब शनिबार निर्णायक खेल हुनेछ।