आठौं पाँचपोखरी क्रिकेट प्रतियोगिता २०२६ को उपाधि घरेलु क्लब पाँचपोखरी क्रिकेट क्लबले जितेको छ।
मंगलबार तल्लो मुलपानी मैदानमा भएको खेलमा हेलम्बु नगरपालिकालाई ५ विकेटले हराएर पाँचपोखरी च्याम्पियन बनेको हो।
पाँचपोखरीले १२२ रनको लक्ष्य पाँच बल खेल्न बाँकी छदा पूरा गर्यो। उसका लागि ओपनर सार्थक धितालले २३ रन बनाए भने बुद्धिमान पाख्रिनले सर्वाधिक नटआउट ५७ रन बनाए। पाख्रिनले ५६
बलमा ४ चौका र १ छक्का प्रहार गरे। बलिङमा हेलम्बुका सचिन लेखकले २ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हेलम्बुले ६ विकेटको क्षतिमा १२१ रन बनायो।
हेलम्बुका लागि शिभम् तिवारीले नटआउट ६८ रन बनाए। उनले ५१ बलमा २ चौका र ५ छक्का प्रहार गरे।
सचिन लेखकले ३५ रन बनाए।
बलिङमा पाँचपोखरीका मनोज खड्काले ३ विकेट लिन सफल भए।
खेलको प्लेयर अफ दि म्याच पाँचपोखरीका बुद्धिमान पाख्रिन भए।
प्रतियोगितामा सचिन लेखकले सर्वाधिक ४४५ रन बनाए भने मनोख खड्का र प्रतिक श्रेष्ठले ९-९ विकेट लिए।
हेलम्बुका लेखकले एकै इनिङग्समा २०९ रन बनाएका थिए।
प्रतियोगितामा सिन्धुपाल्चोकका सात टोलीले भाग लिएका थिए। जसमा पाँचपोखरी र हेलम्बुसहित चौतारा सागाचोक नगरपकालिका, थाङपाल भ्याली मावि, मेलम्ची नगरपालिका, पाँचपोखरी हिमालयन क्रिकेट क्लब र साँगाचोक युथ क्लब सहभागी थिए।

