नेपाल प्रिमियर लिगको तेस्रो सिजनका लागि विराटनगर किंग्सले कप्तान सन्दीप लामिछानेसहित ६ खेलाडी रिटेन गरेको छ।
विराटनगरले ओपनिङ ब्याटर लोकेश बमलाई टिममा राखेको छ। यस्तै अलराउन्डर बसिर अहमद र नारायण जोशी पनि रिनेट भएका छन्।
यस्तै तीव्र गतिका प्रतिश जिसी र स्पिनर सुवास भण्डारी पनि रिटेन भएका छन्।
यसै गरी अघिल्लो सिजन अक्सनबाट लिइएका सूर्य तामाङ, साहिल पटेल, श्रवन किस्कु, शंकर रानालाई भने रिलिज गरेकव छ।
अघिल्लो सिजन रिटेन भएका नरेन भट्ट रिलिज हुँदा अक्सनबाट लिएका नारायण जोशी भने रिटेन भएका छन्।