नेपाल क्रिकेट संघ (क्यान) ले नेदरल्यान्ड्समा हुने आइसिसी विश्वकप लिग-२ को सिरिजका लागि नेपाली टोली घोषणा गरेको छ।
सिरिजका लागि नेपालमा खेलिएको अमेरिका र स्कटल्यान्डबीचको पछिल्लो टोलीलाई निरन्तरता दिइएको छ।
जुलाई २१ देखि हुने सिरजमा नेपाल र नेदरल्यान्ड्सहित नामिबियाले प्रतिस्पर्धा गर्नेछ।
त्यसअघि नेपालले युकेमा तयारी गर्नेछ। यस्तै लिग-२ को एक साताअघि अर्थात् जुलाई १३ र १५ मा नेपालले जर्सीसँग अभ्यास खेल समेत खेल्नेछ।
लिग-२ को शीर्ष चारमा पर्न नेपालका लागि यो सिरिज महत्वपूर्ण छ। नेपाल २८ खेलबाट २४ अंक जोडेको नेपाल पाँचौ स्थानमा छ। नामिबिया २२ अंकसहित सातौं स्थानमा रहदा नेदरल्यान्ड्स ३२ अंकसहित तेस्रो स्थानमा छ।
एकदिवसीय कप्तान रोहित पौडेल रहेको टोलीमा उपकप्तान दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन् भने रिजर्भ खेलाडीमा सन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री रहेका छन्।