एसिसी प्रिमियर लिगमा नेपालले लगातार दोस्रो खेलमा जित निकाल्यो। बिहीबार मलेसियामाथि जित निकाल्ने क्रममा नेपालका करण केसीले ४ विकेट लिए।
उनको ४ विकेटको मद्दतमा नेपालले मलेसियालाई १०३ रनमा अलआउट भयो। करणले ७.३ ओभरमा २ मेडन राख्दै २३ रन खर्चिए।
खेलमा प्लेयर अफ दि म्याच बनेका करणले ट्रफी भोटेकोशी बाढी पीडित र उद्दारमा खटिएकालाई समर्पित गरेका छन्।
समूह ‘ए’ मा यसअघि पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले हराएको थियो।
नेपालले तेस्रो खेल भदौ २१ गते साउदी अरेबिया र अन्तिम खेल भदौ २३ मा हङकङसँग खेल्नेछ।
समूहमा शीर्ष दुईमा परे नेपाल सेमिफाइनल पुग्नेछ। सेमिफाइनल भदौ २५ गते, तेस्रो स्थान र फाइनल खेल भदौ २७ गते हुनेछ।
२०२७ को एसिया कपमा छनोट हुनका लागि नेपालले प्रतियोगिताको जित्नु पर्नेछ।