एसिया कप राइजिङ स्टार्स मेन्स २०२६ खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज कतार प्रस्थान गरेको छ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोली प्रतियोगितामा सहभागी हुन दोहा प्रस्थान गरेको हो।
नोभेम्बर १९ देखि २९ सम्म कतारको दोहामा आयोजना हुने प्रतियोगिता ५० ओभरको हुनेछ।
नेपालले नोभेम्बर २० मा भारत ‘ए’ विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपालले नोभेम्बर २३ मा यूएई र नोभेम्बर २५ मा पाकिस्तान शाहिन्ससँग खेल्ने तालिका छ।
नेपाल समूह ‘बी’ मा रहेको छ। यस समूहमा भारत ‘ए’, पाकिस्तान शाहिन्स र यूएई छन्। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
सन्दीपको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, सोमपाल कामी, ललित राजवंशी र पवन सर्राफजस्ता अनुभवी खेलाडीसँगै युवा खेलाडीहरू पनि छन्।
प्रतियोगिताको पहिलो सेमिफाइनल नोभेम्बर २६, दोस्रो सेमिफाइनल नोभेम्बर २७ र फाइनल नोभेम्बर २९ मा हुनेछ।
नेपालको १५ सदस्यीय टोली
1. सन्दीप लामिछाने (कप्तान)
2. बासिर अहमद
3. अर्जुन कुमाल
4. नन्दन यादव
5. पवन सर्राफ
6. ललित राजवंशी
7. लोकेश बम
8. कुशल भुर्तेल
9. सोमपाल कामी
10. दीपक डुम्रे
11. सन्दीप जोरा
12. अभिषेश गौतम
13. ईशान पाण्डे
14. राशिद खान
15. देव खनाल
समूह विभाजन
• समूह ‘ए’ : बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ।
• समूह ‘बी’ : भारत ‘ए’, पाकिस्तान शाहिन्स, नेपाल र यूएई।