इटालियन क्लब युभेन्ट्सका मिडफिल्डर ब्लासी माटुइडीलाई कोरोनाभाइरस भएको छ।
फ्रेन्च फुटबल टिमका मिडफिल्डर समेत रहेका उनलाई कोरोना भएको क्लबले पुष्टि गरेको हो।
उनी कोरोनाको संक्रमण हुने युभेन्ट्सका दोस्रो खेलाडी हुन्। यसअघि डिफेन्डर ड्यानिले रुगानीलाई पनि कोरोना भएको पुष्ट भएको थियो।
ब्लासी क्लबका पहिलो रोजाइका खेलाडी हुन्। उनी गत बुधबारदेखि आइसोलेसनमा बसेका छन्।
कोरोनाका कारण इटाली अहिले ठप्प छ। सार्वजनिक स्थानमा भेला हुन र सार्वजनिक कार्यक्रम गर्न रोक लगाइएको छ। खानेकुरा र औषधीको पसलबाहेक अन्य बन्द गरिएका छन्।
कोरोनाका कारण सिरि ए अप्रिल ३ सम्मका लागि स्थगित छ।