ला लिगाको नयाँ सिजनको पहिलो खेलमा साबिक विजेता बार्सिलोनाले एल्चेलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको छ। खेलमा बार्सिलोनाका कप्तान राफिन्हाको गोल र उनको 'रहस्यमयी' सेलिब्रेसनले सबैको ध्यान तान्यो।
खेलको १३औं मिनेटमा कप्तान राफिन्हाले पेनाल्टीमार्फत बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए। आफैलाई डिबक्सभित्र लडाइएपछि पाएको पेनाल्टीलाई उनले शक्तिशाली प्रहार गर्दै जाली चुमाए। गोल गरेपछि उनले 'स्पाइडर-म्यान' ले जस्तै हातको इसारा गरेर उत्सव मनाए।
यो सेलिब्रेसन एथ्लेटिको म्याड्रिडका स्ट्राइकर जुलियन अल्भारेजतर्फ लक्षित रहेको अनुमान गरिएको छ। अल्भारेज जसको नाम बार्सिलोनासँग पनि जोडिएको थियो, उनी भिल्लारियल विरुद्धको खेलमा आफ्नै -गरेको मानिएको छ।
न्युकासलबाट बार्सिलोना आएका विङ्गर एन्थोनी गोर्डनले आफ्नो पहिलो खेलमै तहल्का मच्चाए। खेलको ६५औं मिनेटमा लामिन यामलको स्थानमा मैदान प्रवेश गरेका गोर्डनले ५ मिनेटभित्रै दुईवटा गोलका लागि उत्कृष्ट पास मिलाइदिए। उनकै पासमा राफिन्हा र फेर्मिन लोपेजले गोल गरे।
त्यस्तै, बोरुसिया डर्टमन्डबाट आएका करिम अडेयेमीले पनि आफ्नो डेब्यु खेलमै गोल गर्न सफल भए। उनले राफिन्हाको पासमा गोल गर्दै पहिलो हाफमै बार्सिलोनालाई २-० को स्थितिमा पुर्याएका थिए।
बार्सिलोनाले खेल ५-० ले जिते पनि टोलीका मुख्य मिडफिल्डर गाभी पहिलो हाफमै घाइते भएर मैदान बाहिरिनु चिन्ताको विषय बनेको छ। उनको स्थानमा पेड्रि मैदान छिरेका थिए। ५ गोलको विशाल जितसँगै बार्सिलोनाले रियल म्याड्रिडलाई कडा टक्कर दिने संकेत दिएको छ।