दोस्रो संस्करणको मकालु गोल्ड कप २०२६ को उपाधि आयोजक टोली मकालु एफसीइ जोहरले जितेको छ।
मलेसियाको जोहार बारुस्थित केम्पास अवाना रंगशालामा सोमबार भएको फाइनलमा मकालुले हिमालयन एफसीलाई १-० गोलले हराउँदै उपाधि जितेको हो।
मकालुका लागि मदन कुमार मगरले निर्णायक गोल गरेका थिए।
प्रतियोगितामा १६ टोलीले भाग लिएका थिए।
कार्यक्रम सफद्य भएको बन्दै आयोजकले सबैलाई धन्यवाद दिएको छ।
साथै भविष्यमा पनि सहयोग हुने अपेक्षा आयोजकको छ।