नेपालका राष्ट्रिय फुटबल खेलाडी सुवास बम ठकुरी अजरबैजानको शीर्ष डिभिजनको क्लब टुरान टुभोज पिएफकेमा आबद्ध भएका छन्।
१८ वर्षीय बमले अजरबैजान पुगेर आफ्नो सपनाको नयाँ अध्यायको सुरुवात भन्दै सबैलाई धन्यवाद समेत दिएका छन्।
टुरानले अजरबैजानको शीर्ष डिभिजनको लग अजरबैजान प्रिमियर लिग खेल्ने छ।
यसअघि उनले नेपालको उमेर समूहका टोलीको कप्तानी गरेका थिए भने राष्ट्रिय टोलीबाट डेब्यूको अवसर समेत पाएका थिए।
घरेलु फुटबल नेपाल पुलिस क्लबबाट खेलेका सुवासको पहिलो विशेद यात्रा भने होइन। उनले फिलिपिन्सको क्लब सिनिलोन ब्लुजमा पनि आबद्ध भएर खेलेका थिए।