सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलको दोस्रो ओभरमै डिसिजन रिभ्यू सिस्टम (डिआरएस) को प्रयोग भएको छ।
तेस्रो संस्करणसम्म आइपुग्दा पहिलो पटक डिआरएस प्रयोग भएको हो।
लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको खेलको दोस्रो ओभरमै डिआरएस प्रयोग भएको हो।
दोस्रो ओभरको अन्तिम बलमा लुम्बिनीका शेर मल्लले सुदूरपश्चिमका सइम जइबविरूद्ध एलबिडब्ल्यू अपिल गरेका थिए।
अम्पायर बुद्धिबहादुर प्रधानले आउट नदिएपछि उनले रिभ्यू मागेका थिए।
डिआरएसबाट हेर्दा आउट नदिएपछि सुरूवाती निर्णय नै सदर भएको छ।
डिआरएसमा एलबी डब्लूको निर्णय पुनरावलोकन गर्न थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग भएको छ।
ब्याटमा बल लागेको वा नलागेको जाँच्न आर्टिफिसियल इन्टेलिजेन्समा आधारित एज डिटेक्सन तथा ध्वनि विश्लेषण प्रविधि पनि प्रयोग हुन्छ।
रनआउट, स्टम्पिङ, फ्रन्टफुट नोबल, उचाइका आधारमा वाइडको निर्णय तथा छक्काको दूरी र उचाइ मापन गर्न पनि प्रविधिको प्रयोग हुन्छ।
प्रत्येक टोलीले एक इनिङ्समा दुईवटा असफल रिभ्यु लिन पाउने व्यवस्था छ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काका अनुसार डिआरएस लागू गर्न करिब डेढदेखि दुई करोड रुपैयाँ खर्च लाग्ने बताएका थिए।
यो खर्च क्यान र आठवटै फ्रेन्चाइजले खर्च साझेदारी गर्नेछन्।