तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेल हुन केही समय मात्रै बाँकी छ।
उद्घाटनमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दैछन्।
खेल साँझ ५ बजेदेखि सुरू हुनेछ। उद्घाटन खेल हेर्न प्रधानमन्त्री बालेन शाह पनि त्रिवि मैदान जाँदैछन्।
आजको उद्घाटन खेलले अघिल्लो सिजनको फाइनल खेलको झल्को दिनेछ।
दोस्रो संस्करणको फाइनलमा यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो भने उपाधि लुम्बिनीले जितेको थियो।
लुम्बिनी जितलाई निरन्तरता दिने र सुदूरपश्चिम बदला लिने दाउमा आज मैदान ओर्लिनेछ।
क्रिकेट प्रेमीहरू धमाधम टिकट देखाउँदै मैदान प्रवेश गरिरहेका छन्।
मैदान क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरिएको छ।
अहिले प्राविधिकहरूले पिच जाँच गरिरहेका छन् भने प्यारापिटमा दर्शकहरू थपिइरहेका छन्।
तस्बिरहरूः
-ink-1793011976.jpeg)
-ink-1793011977.jpeg)
-ink-1793011977.jpeg)
-ink-1793011977.jpeg)
-ink-1793011977.jpeg)
-ink-1793011977.jpeg)
-ink-1793011977.jpeg)
-ink-1793011978.jpeg)
-ink-1793011978.jpeg)
-ink-1793011978.jpeg)
-ink-1793011978.jpeg)
-ink-1793011979.jpeg)
-ink-1793011979.jpeg)
-ink-1793011979.jpeg)
-ink-1793011977.jpeg)