नेपाल प्रिमियर लिग (एनपिएल) मा आज विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदानमा हुने खेलमा टस जितेको कर्णालीले पहिले बलिङ गर्ने निर्णय गरेको छ।
खेल सुरु हुनुअघि त्रिवि मैदानमा केहीबेर हल्का वर्षा भएको छ। अहिले मौसम केही धुम्मिएको छ। वर्षाका कारण खेल प्रभावित हुन सक्ने सम्भावना छ।
विराटनगरले पहिलो खेलमा चितवन राइनोजसँग हार बेहोरेको थियो। कर्णालीले भने आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो। आजको खेल जित्दै कर्णाली आफ्नो लय कायम राख्न चाहन्छ भने विराटनगर पहिलो जितको खोजीमा हुनेछ।
विराटनगरले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ। शुभम् रन्जनेको स्थानमा शेहान जयसूर्या टोलीमा आएका छन्। सुजन थपलिया टोलीमा रहँदा रुपेश सिंह बाहिरिएका छन्।
दुवै टोलीको प्लेइङ ११
कर्णाली याक्स
सोमपाल कामी, गुल्सन झा, नन्दन यादव, दीपक डुम्रे, युनिस सिंह ठकुरी, पवन सर्राफ, युवराज खत्री, अकबर अली, अरिफुल इस्लाम, मार्क वाट र हुसैन तालत।
विराटनगर किंग्स
सन्दीप लामिछाने, लोकेश बम, प्रतिस जिसी, बसीर अहमद, नरेन साउद, इमरान शेख, सुजन थपलिया, शेहान जयसूर्या, चरिथ असलंका, एन्जेलो म्याथ्युज र आन्द्रे रसेल।