अष्ट्रेलियाको ब्रिस्बेनस्थित मोरे फिल्ड स्पोर्ट्स एन्ड लेजर सेन्टरमा सम्पन्न काबुल्चर ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपाली टेक्वान्दो खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्।
प्रतियोगितामा सहभागी तीन जना खेलाडीले तीन स्वर्ण पदक जितेका हुन्।
प्रतियोगितामा प्रगति कुइकेल ले १८–३२ वर्ष उमेर समूहको इन्डिभिजुअल पुम्सेमा स्वर्ण पदक जितेकी छन्।
त्यसैगरी आयुष ढुंगेल ले पनि सोही उमेर समूहको इन्डिभिजुअल पुम्से मा स्वर्ण पदक हासिल गरेका छन्।
अदिश खड्का ले १८–३२ वर्ष उमेर समूहको इन्डिभिजुअल पुम्से मा स्वर्ण पदक जितेका छन्।