काभा मेन्स भलिबल च्याम्पियनसिप २०२६ मा नेपालले लिगका सबै पाँच खेलमा पराजय भोगेको छ।
पाकिस्तानको इस्लामावादमा भएको आफ्नो पाँचौ खेलमा नेपालले उज्वेकिस्तानसँग ३-० को सेटमा हार ब्यहोरेको हो।
उज्वेकिस्तानसँग पहिलो सेट नेपालले २६-२४ ले गुमायो। दोस्रो सेट २५-२५ र तेस्रो सेट २५-२२ ले गुमाएसँगै नेपाल सजिलै पराजित भयो।
यसअघि नेपालले चौथो खेलमा आइतबार बंगलादेशसँग ३-२ को सेटमा पछि परेको थियो। यो खेलमा पनि नेपालले अग्रता जोगाउन सकेन।
यसअघि नेपालले पाकिस्तानविरूद्ध ३-० सेटमा हारेको थियो। यस्तै श्रीलंकासँग अग्रता जोगाउन नसक्दा ३-२ ले पराजित हुँदा काजखस्तानसँग पाँचौ सेटमा पराजित भएको थियो।
सबै लिग खेलमा पराजित भएसँगै नेपालले पाँचौ स्थानको लागि खेल्नु पर्नेछ।