लिओनल मेसीले सन् २०२६ को विश्वकपमा अर्जेन्टिनाको कप्तानी गर्दै छैटौं पटक विश्वकप खेल्ने ऐतिहासिक कीर्तिमान बनाउने भएका छन्। बिहीबार प्रशिक्षक लियोनेल स्कालोनीले सार्वजनिक गरेको २६ सदस्यीय टोलीमा मेसीलाई कप्तानको रूपमा समावेश गरिएको छ।
३९ वर्षको उमेरमा विश्वकप खेल्न लागेका मेसी, पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो (४१ वर्ष) सँगै ६ वटा विश्वकप खेल्ने विश्वकै एकमात्र पुरुष खेलाडी बन्नेछन्। मेसीसँग यसअघि नै विश्वकपमा सबैभन्दा धेरै २६ खेल खेलेको कीर्तिमान छ।
सन् २०२२ मा कतार विश्वकप जित्ने टोलीका १७ जना खेलाडीहरू यसपटक पनि टोलीमा परेका छन्।
गोलकिपर एमिलियानो मार्टिनेज, डिफेन्डर लिसेन्द्रो मार्टिनेज, क्रिस्टियन रोमेरो र मिडफिल्डर एलेक्सिस म्याक अलिस्टर तथा एन्जो फर्नान्डेज जस्ता प्रभावशाली खेलाडीहरू टोलीमा छन्।
जुलियन अल्भारेज र लाउटारो मार्टिनेज जस्ता स्टारहरूले मेसीलाई साथ दिनेछन्।
इन्टर मियामीबाट खेल्दा मेसीलाई 'मसल फ्याटिग' (मांसपेशीको थकान) देखिए पनि उनी घाइते भने नरहेको क्लबले जनाएको छ।
मेसीले अर्जेन्टिनाका लागि हालसम्म १९८ खेलमा ११६ गोल गरेका छन्। विश्वकप अघिका दुई मैत्रीपूर्ण खेल (हन्डुरस र आइसल्याण्ड विरुद्ध) मा मैदान उत्रिए उनले २०० अन्तर्राष्ट्रिय खेलको आँकडा छुनेछन्।
अर्जेन्टिना समूह 'जे' मा रहेको छ। उनीहरूको खेल तालिका यस प्रकार छ:
• विपक्ष अल्जेरिया: जुन १७ (कान्सास सिटी)
• विपक्ष अस्ट्रिया: जुन २२ (डालस)
• विपक्ष जोर्डन: जुन २८ (डालस)
यसपटक चर्चित फरवार्ड पाओलो डिबाला, शानदार लयमा रहेका एमी बुएन्डिया र युवा खेलाडी फ्रान्को मास्टान्टुओनो टोलीमा अटाएनन्। त्यस्तै, जियानलुका प्रेस्टियानीलाई अनुशासनको कारण फिफाले प्रतिबन्ध लगाएकाले उनी पनि टोलीमा छैनन्।
अर्जेन्टिनाको २६ सदस्यीय टोली
गोलकिपर
१. जुआन मुसो (एटलेटिको मड्रिड)
२. जेरोनिमो रुल्ली (मार्से)
३. एमिलियानो मार्टिनेज (एस्टन भिल्ला)
डिफेन्डर
४. लियोनार्डो बालेर्दी (मार्सेली)
५. निकोलस टाग्लियाफिको (लियोन)
६. गोन्जालो मोन्टिएल (रिभर प्लेट)
७. लिसेन्द्रो मार्टिनेज (म्यानचेस्टर युनाइटेड)
८. क्रिस्टियन रोमेरो (टोटेनह्याम)
९. निकोलस ओटामेन्डी (बेनफिका)
१०. फकुन्डो मेडिना (मार्सेली)
११. नाहुएल मोलिना (एटलेटिको मड्रिड)
मिडफिल्डर
१२. लियान्द्रो परेडेस (रिभर प्लेट)
१३. रोड्रिगो डे पाउल (इन्टर मियामी)
१४. भ्यालेन्टिन बार्को (स्ट्रासबर्ग)
१५. जियोभानी लो सेल्सो (रियल बेटिस)
१६. एजेक्वेल पालासियोस (बेयर लेभरकुसेन)
१७. एलेक्सिस म्याक अलिस्टर (लिभरपुल)
१८. एन्जो फर्नान्डेज (चेल्सी)
फरवार्ड
१९. जुलियन अल्भारेज (एटलेटिको मड्रिड)
२०. लियोनेल मेसी (इन्टर मियामी - कप्तान)
२१. निकोलस गोन्जालेज (एटलेटिको मड्रिड)
२२. थियागो अल्माडा (एटलेटिको मड्रिड)
२३. जुलियानो सिमियोनी (एटलेटिको मड्रिड)
२४. निको पाज (कोमो)
२५. जोसे म्यानुएल लोपेज (पाल्मेइरास)
२६. लाउटारो मार्टिनेज (इन्टर मिलान)