फिफा विश्वकप २०२६ मा चारवटा देशले पहिलो पटक फुटबलको महाकुम्भमा पाइला टेक्दैछन्।
यी हुन् ती नयाँ टोलीहरू:
१. कुरासाओ
• यो क्यारेबियन क्षेत्रको एउटा सानो टापु राष्ट्र हो।
• विश्वकप खेल्ने यो अहिलेसम्मकै सबैभन्दा सानो देश (जनसंख्या करिब १ लाख ५० हजार मात्र) बनेर इतिहास रच्दैछ।
• समूह 'इ': उसले जर्मनी, आइभोरी कोस्ट र इक्वेडरसँग प्रतिस्पर्धा गर्नेछ।
२. केप भर्डे
• अफ्रिकी महादेशको यो देश १० वटा टापुहरूको समूह हो।
• यसले अफ्रिकाको हस्ती मानिने क्यामरुनलाई पछि पार्दै विश्वकपमा स्थान बनाएको हो।
• समूह 'एच': केप भर्डेले स्पेन, साउदी अरब र उरुग्वेको सामना गर्नेछ।
३. उज्वेकिस्तान
• एसियाबाट विश्वकपमा डेब्यू गर्न लागेको यो देशको प्रशिक्षक इटालीका पूर्व विश्वकप विजेता कप्तान फाबियो कानाभारो हुन्।
• यो टोलीमा म्यानचेस्टर सिटीका डिफेन्डर अब्दुकदिर खुसानोभ जस्ता राम्रा खेलाडीहरू छन्।
• समूह : उज्वेकिस्तानले पोर्चुगल, कोलम्बिया र डीआर कंगोसँग खेल्नेछ।
४. जोर्डन
• एसियाकै अर्को नयाँ टोली जोर्डनले पनि पहिलो पटक विश्वकप खेल्दैछ।
• सन् २०२३ को एसिया कपको फाइनलसम्म पुगेर तहल्का मच्चाएको जोर्डन अहिले विश्व वरीयताको ६४ औँ स्थानमा छ।
• समूह 'जे': समूहमा जोर्डनलेअर्जेन्टिना, अल्जेरिया र अस्ट्रियासँग प्रतिस्पर्धा गर्नेछ।