एक्सन-ड्रामा जनरामा बनेको फिल्म 'राम नाम सत्य' प्रदर्शनमा आएको छ। फ्राइडे रिलिजको अवसर पारेर फिल्म आजदेखि नेपालभरका हलमा उत्साहजनक शोसहित रिलिज भएको हो।
नयाँ वर्षको छेको पारेर रिलिज फिल्मलाई देशभरका हलहरूले उत्साहजनक शो दिएका छन्।
माइकल चन्दको निर्देशनमा बनेको 'राम नाम सत्य' मा विराज भट्ट मुख्य अभिनयमा छन्। '१२ गाउँ' रिलिजको झन्डै डेढ वर्षपछि उनी नयाँ फिल्ममार्फत दर्शकमाझ आएका छन्।
'१२ गाउँ' सुपरहिट भएपछि विराज कुनै फिल्ममा देखिएका थिएनन्।
'राम नाम सत्य'मा विराजका साथमा सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, सुनिल थापा, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकारलगायत कलाकारहरूको अभिनय छ।
उपेन्द्र शाही र श्वेता विमली यो फिल्मको निर्माता हुन्। मानकृष्ण महर्जनको डीओपी रहेको फिल्ममा श्री श्रेष्ठको एक्सन, काला चरणको बीजीएम, बन्दे प्रसादको सम्पादन छ।
'राम नाम सत्य' ले पीजी सर्टिफिकेट पाएको छ भने यसको रनटाइम १५७ मिनेट तय छ।
यो पनिः फाइटले मात्रै फिल्म चल्दैनः विराज भट्ट