बलिउड अभिनेता ऋतिक रोशन र जुनियर एनटिआरको फिल्म 'वार २' को टिजर सार्वजनिक गरिएको छ।
मंगलबार वाईआरएफ युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा ऋतिक रोशन र जुनियर एनटिआरको एक्सनलाई देखाइएको छ।
आर्यन मुखर्जीले निर्देशन गरेको फिल्ममा ऋतिक रोशन, जुनियर एनटिआर र कियारा अडवानीको मुख्य भूमिका छ। फिल्मलाई आदित्य चोपडाले निर्माण गरेका हुन्।
यो फिल्म १४ अगस्टमा रिलिज हुनेछ।
'वार २' यशराज फिल्म्सको स्पाइ युनिभर्सको फिल्म हो। २०१९ मा आएको एक्सन फिल्म 'वार' बक्स अफिसमा सुपरहिट भएको थियो।